१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नेत्र पन्थी काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १८:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार र पार्टीका कामलाई व्यवस्थित गराउन माओवादीले बनायो आन्तरिक समिति

Read Time : < 1 मिनेट
नेत्र पन्थी, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १८:५८:००

नेकपा माओवादी केन्द्रले सरकार र पार्टीको कामलाई व्यवस्थित गराउन आन्तरिक समिति बनाएको छ। माओवादी स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समिति बनाएको छ। समितिमा ३ जना स्थायी समिति सदस्य र पाँचजना मन्त्री रहेका छन्। 

जसको सचिवमा हरिबाेल गजुरेल रहेका छन्। सदस्यहरूमा देव गुरुङ र लीलामणि पोखरेल रहेका छन्। सरकारमा रहेका पाँच मन्त्री पनि उक्त समितिमा रहेका छन्। समितिका सदस्यमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, शिक्षा, विज्ञान तथा संसदीय मामिलामन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) रहेका छन्। 

यसअघि पाँचदलीय गठबन्धनले सरकारका कामलाई सघाउन भन्दै उच्चस्तरीय समिति बनाएको थियो। जसको संयोजकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन्। उक्त समितिको गठबन्धनका दलहरूले पालैपालो नेतृत्व गर्ने सहमति छ।