१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनमा देउवाले शक्ति र सत्ताको दुरुपयोग गरे : अमरेशकुमार सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १६:३१:००

नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शक्ति र सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। नेता सिंहले विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा अधिवेशनका क्रममा प्रहरी र मतदान अधिकृतमार्फत धाँधलीको प्रयास भएको भन्दै यस्तो आरोप लगाएका हुन्।

नेता सिंहले सर्लाही–४ मा यसअघि निर्वाचनमा धाँधली भएको भन्दै पुनः अधिवेशन गराउन माग गर्दै आएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा कियाशील सदस्यताको वितरणदेखि नै विभिन्न प्रकारका जालझेल भएको सिंहको दाबी छ। 

‘मेरो निर्वाचन क्षेत्र नं. ४ मा भएको यस्ताे क्रियाकलापमा संलग्न विधायक, प्रहरी र मतदान अधिकृतप्रति घोर भर्सत्ना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति एवं प्रधानमन्त्रीज्यूको जिम्मेदारी मेरो क्षेत्रमा स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन सम्पन्न गराउने हो। त्यो जिम्मेदारी बोध गराउँदै सर्लाही क्षेत्र नं.४ को अधिवेशन गराउन अपिल गर्दछु।’ 

हेर्नुहाेस् विज्ञप्ति :