१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १२:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काष्ठमण्डप पुनर्निर्माणमा ११ करोड ४२ लाख खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १२:५२:००

उपत्यकाको ऐतिहासिक सम्पदा काष्ठमण्डप सत्तल पुनर्निर्माणका क्रममा ११ करोड ४२ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ। कष्ठमण्डप सतल पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले उक्त  रकम उपलब्ध गराएको हो। महानगरले उपभोक्ता समितिमार्फत पुनर्निर्माण कार्य भइहेको अवस्थामा ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको थियो।

२०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको  निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएको थियो। त्यसपछि कष्ठमण्डप पुनर्निर्माण प्रक्रिया अगाडि बढेको थियो। समितिका अनुसार पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पुनर्निर्माण कार्य सकिएपछि काठैकाठको उक्त सत्तल सर्वसाधारणका लागि खुला गरिनेछ।