Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सन्तोष थापा
२०७५ फाल्गुण २० सोमबार १०:२७:००
Read Time : < 1 मिनेट
प्रदेश

दोहोरो नागरिकता लिने बाबुछोरालाई कैद

Read Time : < 1 मिनेट
सन्तोष थापा
२०७५ फाल्गुण २० सोमबार १०:२७:००

झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको अभियोगमा तनहुँका दुई व्यक्तिलाई जिल्ला अदालत पर्वतले जरिवानासहित कैद सजाय सुनाएको छ । तनहुँ जिल्ला साविकको माझकोट–२ घर भई पोखरामा डेरा गरी बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो । 

मीनबहादुरले पहिलोपटक जिल्ला प्रशासन कार्यालय तनहुँबाट नेपाली नागरिकता लिएका थिए । उनले पछि जिल्ला प्रशासन कार्यालय पर्वतबाट झुठा विवरण लेखाई सुजन थापा नाम राखी पुनः नागरिकता लिएका थिए । प्रशासन कार्यालय पर्वतबाट ३ जेठ ०६३ मा जारी भएको सुजन थापा नामको नागरिकता प्रमाणपत्रसहित मीनबहादुर कुमाललाई १३ माघ ०७४ मा प्रहरीले नियन्त्रणमा लिएको थियो । सो विषयमा प्रहरीले सोधपुछ गर्दा मीनबहादुरले झुठो विवरण पेस गरी नागरिकता लिएको स्विकारेका थिए । 

जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले मुख्य आरोपी मीनबहादुरलाई एक वर्ष दुई महिना कैद र २० हजार जरिवानाको सजाय सुनाएको हो । उनका बाबु दलबहादुर कुमाललाई भने एक वर्ष कैद र २० हजार जरिवानाको फैसला सुनाएको छ । 

प्रजिअलाई सफाइ 
सो घटनामा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गोपीकृष्ण ढुंगाना र नागरिकता फाँटका कर्मचारी लोकनारायण लामिछानेलाई भने अदालतले सफाइ दिएको छ । आरोपी मीनबहादुर र दलबहादुर हाल पुर्पक्षका लागि थुनामा छन् भने तत्कालीन गाविस सचिव शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी निवृत्त भएका छन् ।