१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर १८ शनिबार २१:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा १,६३१ मत खस्यो

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १८ शनिबार २१:०३:००

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको मतदानमा १ हजार ६ सय ३१ मत खसेको छ। १ हजार ६ सय ४८ मतदाता रहेको लुम्बिनीमा १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए । निर्वाचनमा कांग्रेसका केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, डा. चन्द्र भण्डारी, दीपक गिरी, देवेन्द्रराज कँणेललगायतले मतदान गरेका थिए। 

भैरहवास्थित महेन्द्र सभागृहमा भएको निर्वाचनको मतगणनाको तयारी भइरहेको कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुडले जानकारी दिए।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुवैै पक्षले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्। संस्थापन पक्षबाट संघीय संसद्को सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल छ।

संस्थापन इतरबाट संविधानसभा सदस्य, रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल छ।