१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १८ शनिबार १८:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा राख्छौँ : बाबुराम भट्टराई  (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १८ शनिबार १८:१०:००

सत्तारुढ दल जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्ने एजेन्डामा लागिपरेको दाबी गरे । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे।

भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने विषय संसदमा पनि उठाइरहेको र मन्त्रिपरिषदमा पनि प्रस्ताव पेस गर्न लागेको उनले जानकारी दिए। उनले भने, ‘फेरि पनि संघर्ष नगरी यो प्राप्त हुँदैन। अहिले संसदबाट मात्रै सबै थोक होस् भनेर मात्रै हुँदैन। सांकेतिक हुन्छ। किनभने हामी संसदबाट पनि बोलिराखेका छौँ। सडकबाट पनि बोलकै छौँ। र, सरकारमा पनि भएको वेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छाैँ । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसकारण हामी एकढिक्का भएर अघि बढौँ।’

भट्टराईले फेरि पनि संघर्ष नगरी न्याय र अधिकार प्राप्त गर्न नसकिनेसमेत बताए।