मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक भट्ट रामेछाप
२०७८ मङ्सिर १८ शनिबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा सुन चोरेर भागेका एकजना रामेछापबाट पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ मङ्सिर १८ शनिबार १८:०७:००

राजधानी काठमाडाैंका विभिन्न स्थानमा लाखौँ मूल्यबराबरको सुन चोरेर फरार रहेका एकजनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । 

काठमाडाैंमा सुन चोरेर फरार रहेका रामेछापको दोरम्बा गाउँपालिका वडा नं ४ गौश्वाराका ३८ वर्षीय सञ्जय थापामगरलाई प्रहरीले उनकै घर गौश्वाराबाट पक्राउ गरेको हो । थापामगरले करिब ५ महिनाअघि काठमाडाैंका एक व्यक्तिको घरमा ६० लाख मूल्यबराबरको सुन र नगद चोरी गरेका थिए । 
    
चोरीपछि प्रहरीमा आफ्नो नाममा किटानी जाहेरी परेको थाहा पाएपछि मगर राजधानीबाट भागेर आफ्नै गाउँमा बस्दै आएका थिए । उनी गाउँमा बसेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा पुगेपछि उनलाई पक्राउ गरेर पठाउन जिल्ला प्रहरी कार्यालय रामेछापलाई पत्राचार गरिएको थियो। 

महानगरिय प्रहरी अपराध महाशाखाको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरी टोलीले शुक्रबार थापामगरलाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई शुक्रबार राति नै महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए।