मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १८ शनिबार
  • Tuesday, 17 December, 2024
२o७८ मङ्सिर १८ शनिबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या अभियोग लागेका चारजनालाई जन्मकैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १८ शनिबार १३:२९:oo

दुई वर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरीनिवासी रामबहादुर केसीलाई हत्या गरेको अभियोग लागेका चारजनालाई दाङ देउखुरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार  विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो ।  

उनीहरूमाथि २०७६ साल असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी केसीको हत्या गरेको अभियोग  लागेको थियो ।  सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ ।

विक्कीले  यसअघि पनि गोली  प्रहार गरी एक व्यक्तिको हत्या  गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गोली प्रहार गरी हत्या गरे पनि  त्यतिवेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सुधारगृह पठाएको थियो ।