मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १८ शनिबार ०८:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङको माथिल्लो क्षेत्रमा हिमपात

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १८ शनिबार ०८:३१:००

हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए । 

उनले भने ‘मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ ।’ हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको प्रजिअ आचार्यको भनाई छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए । 

बिहीबार पानीसहित हिउँ परेपनी पग्लिएको र शुक्रबार हिउँमात्रै परेकाले मनाङका डाडाँकाडाहरु हिउँले सेताम्य भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङका अनुसार डाँडाकाँडा ढाकिने गरी हिउँ परेको छ । तर मानव बस्तीमा भने छिटफुट मात्रामा हिउँ परेको छ । यसले जनजिवनमा कुनै प्रभाव पारेको छैन ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्य तर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भू–भागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ ।