Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १८ शनिबार ०७:४७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग : मार्टिनले गरे लिगकै पहिलो ह्याट्रिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १८ शनिबार ०७:४७:००

सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो ह्याट्रिक विदेशी खेलाडी अजयी मार्टिनले गरेका छन् । यसअघि दुई चरणसम्म स्वदेशी र विदेशी खेलाडीले ह्याट्रिक गर्न सकेनन् । मार्टिनले शुक्रबार दरशथ रंगशालामा विभागीय टोली नेपाल एपिएफविरुद्ध ह्याट्रिक गरेका हुन् । मार्टिनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा सातदोबाटोले एपिएफमाथि ४–१ को सानदार जित निकाल्यो । 

थ्री स्टारविरुद्ध बल अगाडि बढाउँदै फ्रेन्ड्सका प्रिजेन तामाङ (रातो जर्सी) । तस्बिर : नयाँ पत्रिका

यस सिजनकै नवप्रवेशी क्लबका रूपमा रहेको सातदोबाटोले दुई जित र एक बराबरीका साथ सात अंक जोडेको छ । का साथ लिगको शीर्ष स्थानमा उक्लेको छ । एपिएफले लिगमा लगातार हार सामना गरेको छ । 

खेलको १९औँ मिनेटमा एपिएफका पहिलो रोजाइका गोलरक्षक अमृत चौधरी घाइते भएका थिए । उनी घाइते हुनु नै एपिएफले ठूलो मूल्य चुकाउनुपर्‍यो । अमृतको स्थानमा दिलकुमारले पोस्ट सम्हालेका हुन् । खेलका नायक बनेका मार्टिनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । खेलको ४२औँ मिनेटमा मार्टिनले सुदीप गुरुङको पासमा पहिलो हाफको इन्जुरी समयमा मार्टिनले व्यक्तिगत दोस्रो गोल थप्दा सातदोबाटो २–० ले अघि बढ्यो । 

खेलको ४८औँ मिनेटमै एपिएफले आत्मघाती गोलको सहयोगमा खेल २–१ को अन्तरमा ल्यायो । खेलको ५०औँ मिनेटमै सातदोबाटोले ३–१ को अग्रता बनायो । यसपटक सातदोबाटोलाई सुशील राईले गोल गरे । एपिएफको डिफेन्सलाई चुनौती दिइरहेका मार्टिनले अन्ततः खेलको ५८औँ मिनेटमा ह्याट्रिकको अवसर पाए । सुदीप गुरुङले प्रहार गरेको बललाई एपिएफका गोलरक्षक दिपकुमारले ग्रिपमा राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । यसको फाइदा उठाउँदै मार्टिनले सहजै व्यक्तिगत तेस्रो गोल गर्दा सातदोबाटो ४–१ ले अगाडि बढ्यो । 

थ्री स्टार रोकियो 
ललितपुर डर्बीमा थ्री स्टारको पुनः एकपटक कमजोर प्रदर्शन भएको छ । शुक्रबार दिनको पहिलो खेलमा थ्री स्टारले खेल सकिन सात मिनेट बाँकी रहँदा फ्रेन्ड्सलाई १–१ को बराबरीमा रोक्यो । थ्री स्टारलाई हारबाट मिक्चेन तामाङले बचाएका हुन् । थ्री स्टारले तीन खेलबाट चार अंक र फ्रेन्ड्सले तीन खेलबाट दुई अंक बनाएका छन् । 

खेलको ५१औँ मिनेटमा नाथानिल जुडे गार्सियाले हेडिङ गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । खेलको ७५औँ मिनेटमा अशोक खवासको पासमा संजोक राईले गोल गर्न सकेनन् । खेलको ८५औँ मिनेटमा थ्री स्टारले अर्को गोलको अवसर गुमायो । यसअघि २५औँ मिनेटमा संजोक राईको प्रहार पहिलो बारनजिक हुँदै बाहिरिँदा थ्री स्टारले अग्रता लिनबाट चुक्यो । ५०औँ मिनेटमा संजोक राईको पासमा ऋतिक खड्काले वान भर्सेस वान पनि गोल गर्न सकेनन् ।