मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
माओवादी केन्द्रको खाँदबारी नगरपालिकामा भएको प्रथम नगर अधिवेशन ।
नवीन गुरुङ संखुवासभा
२०७८ मङ्सिर १५ बुधबार २१:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाका ६ पालिकामा माओवादी केन्द्रको नेतृत्व सर्वसम्मत चयन

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ मङ्सिर १५ बुधबार २१:१७:००

संखुवासभाका १० मध्ये ६ पालिकामा माओवादी केन्द्रको नेतृत्व सर्वसम्मत चयन भएको छ । हालसम्म खाँदबारी, मादी र पाँचखपन नगरपालिका तथा चिचिला, सिलिचोङ र सभापोखरी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जिमीले जानकारी दिए । 

उनका अनुसार चैनपुर नगरपालिका र भोटखोला गाउँपालिकामा नेतृत्व चयनका लागि छलफल भइरहेको छ । अन्य पालिकाको नेतृत्व पनि छिट्टै चयन हुने माओवादी केन्द्रले बताएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट पालिकास्तरीय अधिवेशन उद्घाटन गरेका थिए । 

खाँदबारी नगरपालिका 
खाँदबारी नगर कमिटीको अध्यक्षमा दिव्यराज बराल चयन भएका छन् । प्रथम नगर अधिवेशनले ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा चन्द्रबहादुर जोगी, कुमार तामाङ र सुशीला घिमिरे छन् । अधिवेशनले सचिवमा लक्ष्मी लिम्बू, सहसचिव अर्जुनबहादुर विश्वकर्मा र कोषाध्यक्ष हरिबहादुर जोशीलाई चयन गरेको छ । 

मादी नगरपालिका
मादी नगरपालिकाको नगर अधिवेशनबाट दाबा शेर्पा अध्यक्षमा चयन भएका छन् । नगर कमिटीको उपाध्यक्षमा रमेश कार्की, शुक्राहाङ लिङ्थेप र रबिनकुमार लो रहेका छन् । सचिवमा पुष्प कोइराला, सहसचिबमा रमेश लुङ्बा र कोषाध्यक्षमा योगकुमारी कार्कीसहित ६५ सदस्यीय कमिटी चयन गरिएको छ । 

पाँचखपन नगरपालिका
कर्ण राईको अध्यक्षतामा पाँचखपन नगरपालिकामा ६१ सदस्यीय नगर कमिटी गठन भएको छ । नगर कमिटीको उपाध्यक्षमा सनमान विक, सुकबहादुर लिम्बू र रूपा सुवेदी रहेका छन् भने सचिव प्रकाश पुरी, सहसचिव छिरिङ शेर्पा र दीपेन्द्र राईलाई अधिवेशनले चयन गरेको हो । 

चिचिला गाउँपालिका
चिचिला गाउँपालिकाको अध्यक्षमा डम्बरजंग गुरुङ चयन भएका छन् । ५५ सदस्यीय कमिटीको उपाध्यक्षमा तारा राई, वकिल राई, वीरबहादुर गुरुङ र सचिवमा नयन्द्र लाम्सोङ राई चयन भएका छन् । सहसचिवमा पूजन राई र कोषाध्यक्षमा तीर्थमाया राई चयन भएका हुन् ।

सिलिचोङ गाउँपालिका
सिलिचोङ गाउँपालिकाको अध्यक्षमा ईश्वर कुलुङ चयन भएका छन् । ५५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा निर्मला राई, मनराम राई र माधव राई चयन भएका छन् । सचिवमा बालकिशोर कुलुङ, सहसचिव हेमराज राई र कोषाध्यक्षमा किसन राई चयन भएका छन् । 

सभापोखरी गाउँपालिका
विष्णुकुमार तामाङको अध्यक्षतामा ४५ सदस्यीय सभापोखरी गाउँकमिटी गठन भएको छ । उपाध्यक्ष छत्रमणि अधिकारी, गुरु सिटौला, शेरबहादुर खड्का चयन भएका छन् । सचिवमा जुद्ध बनेम, सहसचिवमा रमेश न्यौपाने र कोषाध्यक्ष सुष्मा तामाङ चयन भएका छन् ।