मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार २०:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशाल भट्टराईले भने– अध्यक्षले निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार २०:५१:००

नेकपा एमालेका नेता विशाल भट्टराईले आफूसँगकै परामर्शमा पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओलीले नराखेको बताएका छन्। तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा समेत भट्टराई नपरेको टिप्पणी भइरहेको वेला सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। अध्यक्ष र महासचिवले निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भनेको पनि उनले उल्लेख गरेका छन्।

‘खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ। म यसै पनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त  भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,’ भट्टराईले फेसबुकमा लेखेका छन्। यही कारणले मात्र आफ्नो भूमिका नखुम्चिने उनको भनाइ छ। ‘म कमजोर बन्दिनँ। नेपाली राजनीतिमा मेरो सानो-ठूलो भूमिका  अनवरत रहिरहनेछ। कोही खुसी नहुन, कोही चिन्तित नहुन विनम्रतापूर्वक आग्रह गर्दछु,’ भट्टराईले भनेका छन्।