मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ मङ्सिर १३ सोमबार १४:०७:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

डा. नवराज सुब्बाको कवितासंग्रह ई–बुकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ मङ्सिर १३ सोमबार १४:०७:००

जनस्वास्थ्यविज्ञ तथा लेखक डा. नवराज सुब्बाले ‘जोखनामा वर्तमान’ कवितासंग्रहको ‘ई–बुक’ बजारमा ल्याएका छन्। उक्त कवितासंग्रग्रहमा साहित्यकार सुब्बाले २०६९ सालदेखि लेखेका ८६ वटा  कविता, मुक्तक र गीतहरू समावेश गरिएको छ।

‘ई–बुक’मा प्रकाशित कविताहरूमा जीवन र जगतसँगका विविध पक्षहरूको चित्रण पाइन्छ। ‘हाम्रो आइडिया’ले प्रकाशित गरेको उक्त ‘ई–बुक’ थुप्रै डटकमबाट एक सय पच्चीस रुपैयाँ तिरेर पढ्न पाइन्छ।

कवि सुब्बाको पद्यतर्फ यो कवितासंग्रह सातौँ  कृति हो। साहित्यकार सुब्बाका जीवन मेरो शब्दकोशमा, बीचबाटोमा ब्युँझेर, यात्रा आधा शताब्दीको, चीत्कारसहित चारवटा कवितासंग्रह प्रकाशित छन्। साथै, सहिदलाई सलाम अनि मनलाई माटो नामक दुई गीतसंग्रह र गद्यतर्फ ‘मनको मझेरी’ र ‘समयको स्वाद’ दुई निबन्धसंग्रह प्रकाशित छन्।