मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १३ सोमबार १२:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशनको ‘म्यान्डेट’ हेरेर उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ : नेता नेम्वाङ

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १३ सोमबार १२:४१:००

नेकपा एमालेको दशौँ महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष दाबी गरिरहेका नेम्वाङले महाधिवेशनको म्यान्डेटले उपाध्यक्षमा लड्नका लागि आदेश दिएको बताएका छन् । चितवनमा रहेका नेम्वाङले सोमबार दिउँसो पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् । 

वरिष्ठ उपाध्यक्षमा दाबी गरेर अन्तिममा उपाध्यक्षमा मात्र रहनुभयाे ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘वरिष्ठ उपाध्यक्षमा दाबी गरेको होइन। मलाई सबैले उठ् भनिराखेका छन्। त्यसैले चुनावमा उठ्नुपर्‍याे भने वरिष्ठ उपाध्यक्षमा उठ्छु भनेको थिएँ । तर, त्यतिवेलै मैले भनेको थिएँ– यो पार्टीका लागि यतिवेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य, अपरिहार्य छ। केपी ओलीलाई अध्यक्षमा राखेर उहाँको वरिपरि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ ।  तर, त्यसो गर्ने कोसिस गर्दागर्दै पनि कदंकदाचित निर्वाचन हुने हो भने, मेरा मित्र, शुभचिन्तकहरूको सल्लाहले म निर्वाचनमा जान्छु भनेको थिएँ। सर्वसम्मत नेतृत्वको प्रक्रिया अगाडि बढ्यो र मलाई पार्टीले आदेश दियो। अध्यक्ष कमरेडले राख्नुभएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास गर्‍याे । त्यो प्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनेर भन्यो । त्यसैले मलाई लागेको कुरा मैले अध्यक्षलाई भनेँ, भनेको छु । तर, पार्टीको आदेश र महाधिवेशनको जुन म्यान्डेट छ, त्यो म्यान्डेटलाई ध्यानमा राखेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।’