मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ मङ्सिर १२ आइतबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ मङ्सिर १२ आइतबार १७:०५:००

नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । बोगटीले आफ्ना निकतटम प्रतिद्वन्द्वी बहादुरसिंह थापालाई ९१ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । बोगटीले आठ सय ६ र थापाले सात सय १५ मत ल्याएका थिए । बोगटी रमेश लेखक प्यानलबाट उम्मेदवारी दिएका थिए भने थापाले एनपी साउद प्यानलबाट उम्मेदवारी दिएका थिए ।

यसअघि बोगटी पनि साउद खेमाकै नेता हुन् । एकाएक खेमा परिवर्तन गरेर बोगटी लेखक प्यानलबाट पार्टी सभापतिका उम्मेदवार बनेका थिए । यसअघि १३औँ महाधिवेशनमा बोगटी साउद प्यानलबाट पाटी सभापतिका लागि उम्मेदवार बनेका थिए । 

उपसभापतिमा साउद प्यानलका दुवै उम्मेदवार निर्वाचित भएका छन् । मीनबहादुर सिंह सात सय ८६ र हरिशचन्द्र राना सात सय ६३ मतसहित उपसभापतिमा निर्वाचित भएका छन् । सचिवमा पनि साउद प्यानलका दुवै उम्मेदवार निर्वाचित भएका छन् । हेमराज ओझा सात सय ३० र भीम भट्ट सात सय १३ मत ल्याएर सचिवमा निर्वाचित भएका हुन् ।

सहसचिवमा साउद प्यानलबाट नाफुसिंह साउद र लेखक प्यानलबाट पुष्कल चौधरी निर्वाचित भएका छन् । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । पदाधिकारीको परिमाण आएपछि सदस्यको मत गणना जारी रहेको छ ।