नेपाल बार एसोसिएसनका पदाधिकारीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन ज्ञापनपत्र बुझाएका छन् ।
भेटमा अध्यक्ष नेपालले औपचारिक रूपमा जानकारी पाएको र यस विषयमा पार्टीमा थप छलफल गरेर निष्कर्षमा पुग्ने बताएका नेपाल बारका सचिव लीलामणि पौडेलले जानकारी दिए । नेपालको भनाइ उद्धृत गर्दै सचिव पौडेलले भने, ‘औपचारिक रूपमा जानकारी पाइयो । यसलाई पार्टीमा थप छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’