मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ फाल्गुण २० सोमबार ०६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भवन अभावमा वन मन्त्रालय तीन ठाउँबाट सञ्चालन

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २० सोमबार ०६:३१:००

भवन अभावमा वन तथा वातावरण मन्त्रालय सिंहदरबारभित्रै  तीन ठाउँबाट सञ्चालन भइरहेको छ । दुई महाशाखासहित १० शाखा कानुन र पर्यटन मन्त्रालयको भवनमा राखिएका छन् ।  संघमा २२ मन्त्रालय मात्रै राख्ने सरकारको निर्णयपछि तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालय खारेज गरी वातावरणलाई वन मन्त्रालयमा गाभिएको थियो । त्यसपछि  मन्त्रालयमा ठाउँको अभाव भएको हो ।

एउटै मन्त्रालय तीन ठाउँबाट सञ्चालन हुँदा काममा ढिलाइ हुनुका साथै पानी पर्दा महत्वपूर्ण  कागजपत्र पनि भिज्ने गरेको मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले बताए । कानुन मन्त्रालय रहेको भवनमा सबैभन्दा माथिल्लो तलामा जलवायु परिवर्तन व्यवस्थापन महाशाखा  र त्यसअन्तर्गतका पाँच शाखाहरू राखिएका छन् । महाशाखाअन्तर्गत जलवायु परिवर्तन शाखा, अनुकूलन शाखा, जलवायु प्राविधिक विकास शाखा, उत्सर्जन मापन शाखा र स्वच्छ संयन्त्र शाखा रहेका छन् । 

त्यस्तै, पर्यटन मन्त्रालयको भुइँतला र पहिलो तलामा वातावरण तथा जैविक विविधता महाशाखासहित पाँच शाखा राखिएका छन् । जहाँ १९ कर्मचारी कार्यरत छन् । महाशाखाअन्तर्गत वातावरण मापदण्ड तथा अनुगमन शाखा, वातावरणीय प्रभाव अध्ययन शाखा, आयोजना सहजीकरण शाखा, जैविक विविधता शाखा र वन जैविक प्रविधि शाखा रहेका छन् ।  

 वनले अनावश्यक भवन ओगटेको छ 
मो. इस्तियाक राई, सहरी विकासमन्त्री

वन मन्त्रालयले आवश्यकताभन्दा धेरै ठाउँ ओगटेर बसेको सहरी विकासमन्त्री मोहमद इस्तियाक राईले बताए । धेरै कर्मचारी प्रदेश र स्थानीय तहमा गइसकेको बताउँदै उनले आवश्यकताभन्दा धेरै भवन उपलब्ध गराउन नसकिने बताए ।