१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर १० शुक्रबार १४:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जतिसुकै मतभेद र मनभेद भए पनि राष्ट्र निर्माणका लागि एकता आवश्यक : लीलामणि पोखरेल 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १४:२५:००

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले युद्ध र आन्दोलनबाट आजको लोकतन्त्र प्राप्त भएको बताएका छन्। नेकपा एमालेको दशौँ महाधिवेशनको उद्‍घाटन समारोहमा शुभकामना दिँदै उनले त्यसो नभएको भए अहिले पनि राजाको निरंकुशतामा नै रहनुपर्ने अवस्था रहेको उनले बताए। उनले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास एकता र विभाजनबाट अघि बढेको बताए। 

नेपाली कम्युनिस्टहरूप्रति जनताको अपार विश्वास रहेको र त्यसलाई जोगाउने चुनौती रहेको उनले बताए। जतिसुकै मतभेद र मनभेद भए पनि राष्ट्र निर्माणका लागि एकता हुन जरुरी रहेको उनले बताए। मार्क्सवादको सिर्जनात्मक प्रयोग आजको आवश्यकता रहेको उनको भनाइ छ।