१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ फाल्गुण १९ आइतबार १५:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

पूर्व उपप्रधानमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती [तस्बिरहरु]

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण १९ आइतबार १५:०५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवंगत नेता पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको शवमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर सम्मान दिएका थिए । अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिए। त्यस्तै सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

दिवंगत नेता अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा सयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए । नेता अधिकारीको ८२ वर्षको उमेर गएराति निधन भएको हो ।

विक्रम संवत १९९३ साल वैशाख २२ गते बुबा रामप्रसाद र आमा पूर्णकुमारीकाे कोखबाट जन्मिएका नेता अधिकारीले २०५१ सालको पहिलो कम्युनिस्ट सरकारमा अर्थमन्त्रीका रुपमा लोकप्रिय र जनप्रिय कार्यक्रम ल्याएका थिए ।