मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार १७:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यसरी हुँदै छ एमालेको दशौँ महाधिवेशनमा निर्वाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार १७:५२:००

एमालेले दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको जनाएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले सबै तयारी पूरा गरेको जनाएको छ। आयोगले बिहीवारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्नेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय आयोगले शनिबार मंसिरमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । शनिबार नै उम्मेदवारी फिर्ता लिने कार्यतालिका छ । शनिबार बेलुकी ६ बजे  अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार मतदान प्रक्रिया हुनेछ ।

महाधिवेशनको उद्घाटन शुक्रबार चितवनको नारायणी किनारमा हुँदै छ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटेलमा ११ मंसिरमा गरिने कार्यक्रम तय भएको छ । 

एक सयवटा मतदान मेसिनको व्यवस्था
एक सयवटा विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन) बाट मतदान गराउने योजना आयोगको छ । आयोगले ९२ वटा मेसिन निर्वाचनका लागि प्रयोग गर्नेछ । तीनवटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिनेछ । ती मेसिनबाट मतदान कसरी गर्ने भन्ने सिक्न प्रयोग गरिने आयोगले जनाएको छ । पाँचवटा मेसिन जगेडामा राखिनेछ । मतदानका क्रममा कुनै मेसिनमा गडबडी आएमा जगेडाका मेसिन प्रयोग गरिनेछ ।

एकजना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेसिनमा करिब २२ देखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजा आउने गरी मतगणनाको व्यवस्था गरिनेछ । 

५० क्षेत्रमा निर्वाचन हुने
एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन गर्नुपर्ने हुन्छ । १५ जना पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् ।