मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर ७ मंगलबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक किनारमा पुरुषको बेवारिसे शव फेला

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार १०:४०:००

पूर्व–पश्चिम सडकअन्तर्गत लहान नगरपालिका– ११ पडरीया खण्डमा मंगलबार बिहान एक पुरुषको बेवारिसे शव फेला परेकाे छ । पडरीया  र बजरंग पेट्रोल पम्पको बीचमा विस्तार हुँदै गरेको सडकदेखि उत्तरतिर घोप्टो परेको अवस्थामा करिब ३७ वर्षीय पुरुषको शव भेटिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कैलाश खत्रीले जानकारी दिए ।

प्रहरी निरीक्षक खत्रीका अनुसार सुन्तला रङको टिसर्ट, सेनाको युनिफर्मजस्तो पाइन्ट लगाएका युवकको शवको छेउमा रहेको झोलामा जाडोमा ओड्ने र लगाउने कपडा तथा बोक्ने कालो रङको झोला भेटिएको छ । 

 मृतकले लगाएको कपडामा सप्तरीको शम्भुनाथ ठेगाना रहेको नागरिकता भेटिएको, तर पुरानो तस्बिर भएकाले मृतकको अनुहारसँग मेल नखाएको हुँदा यकिन गर्न सप्तरी प्रहरीलाई खबर गरिएको उनले बताए । प्रहरीले घटनास्थल प्रकृतिकाे मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको जनाएको छ ।