मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर ७ मंगलबार ०९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको छालासहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार ०९:०४:००

दाङ प्रहरीले बाघको छालासहित दुईजनालाई पक्राउ  गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी  नायब उपरीक्षक  मुकुन्द रिजालका अनुसार बाघको टाउकोदेखी पुच्छरसम्मको  ८ फिट २ इन्च लम्बाई र १ फिट ८ इन्च चौडाई भएको छालासहित दुईजनालाई पक्राउ गरिएको हो । 

पक्राउ  पर्नेमा  राजपुर गाउँपालिका वडा  नं. ६ निवासी ३८ वर्षीय  सुर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३१ वर्षीय  महेन्द्र खड्का  रहेका छन् । आइतबार राति ७ बजेतिर पक्राउ गरिएको भएपनि सोमबार  मात्रै उनीहरुलाई विज्ञप्ति मार्फत  प्रहरीले सार्वजनिक गरेको छ ।  

उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा चोकबाट पक्राउ गरिएको हो । चौधरीले  चलाएर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकलमा सवार रही बाघको छाला ओसारीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।