१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक बोहरा रामेछाप
२०७८ मङ्सिर ६ सोमबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : रामेछापमा सिटौला पक्ष बलियाे

Read Time : < 1 मिनेट
दीपक बोहरा, रामेछाप
२०७८ मङ्सिर ६ सोमबार १४:४४:००

नेपाली कांग्रेसको १४ औँ महधिवेशन अन्तरगत रामेछाप जिल्लामा पार्टीको तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला पक्ष बलियो देखिएको छ। कुल २७ जना महाधिवेशन प्रतिनिधि रहेका रामेछापमा सिटौला पक्षबाट १३, पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट पाँच र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ४ जना महाधिवेशन प्रतिनिधि चयन भएका  छन्। त्यस्तै सभापतिका आंकाक्षि मानिएका विमलेन्द्र निधी, प्रकाशमान सिँह र शेखर कोइराला पक्षबाट एक–एक जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। 

सिटौला पक्षका महाधिवेशन प्रतिनिधिहरुमा अर्जुन कुमार के.सी, भरत प्रसाद चौलागाई, रत्नहरी ढुंगेल, झपडराज भण्डारी, बिनिता खड्का, एन्जिला न्यौपाने, नर वहादुर थापामगर, जितेन्द्रकुमार मोक्तान, कुमारी हायु, रामकुमारी डाँगी, खमला थापामगर, महेश कुमार कार्की र शुक्र माझी रहेका छन्। 

त्यस्तै सभापति देउवा पक्षबाट गंगा अधिकारी, उषा कार्की, बलवहादुर दमाई, फुर्वाध्वज तामाङ्ग र फुर्वाध्वज तामाङ्ग रहेका छन्। वरिष्ठ नेता पौडेल पक्षका चार जना मध्य रामचन्द्र खड्का, युवराज भट्टराई, आङटावा शेर्पा र मिना कुमारी कार्की रहेका छन्। निधी पक्षमा रत्न कार्की खुलेकी छन् भने विर बहादुर तामाङ सिँह पक्षमा खुलेका छन्। त्यस्तै शेखर कोइरालाको पक्षमा केशव प्रसाद चालिसे खुलेका छन्। 

महाधिवेशन प्रतिनिधि मध्य गेल्जा लामा  शेर्पा र धु्रवहरी ढुंगेल भने कुनै पक्षमा खुलेका छैनन्।