१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ६ सोमबार ०८:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ६ सोमबार ०८:०२:००

आजदेखि राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन सुरु हुँदै छ । मंसिर १५–१७ गतेसम्म काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना गरिएको छ । महाधिवेशनका लागि देशका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार नौ सय ७० प्रतिनिधि छनोटका लागि मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने तालिका रहेको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौजना प्रतिनिधि छनाेट गर्नेछ जसअनुसार तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसंख्यक, मुस्लिम, थारूलगायत गरी नौजना निर्वाचित गर्नेछ ।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले बताएका छन् । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधिहरू, भ्रातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनाेनीत हुनेसमेत गरी चार हजार पाँच सय  महाधिवेशन प्रतिनिधि हुनेछन् ।