१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर ५ आइतबार १८:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधि छनोटमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न सभापति देउवाको आग्रह 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ५ आइतबार १८:११:००

नेपाली कांग्रेसका सभापति तथा  प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि छनोट भइरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। 

सुनसरीको देवानगन्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि छनोटको सम्बन्धमा हारजितको भन्दा पनि सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताएका हुन्। उनले वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास सफल भए केन्द्रीय प्रतिनिधि छनोटमा समेत सकारात्मक प्रभाव पर्ने बताए। 

सभापति देउवाले आफू सर्वसम्मतको पक्षमा रहेको भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर अघि लैजानुको विकल्प नभएको बताए।