१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ५ आइतबार ०९:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माथिल्लो तामाकोसी र मर्स्याङ्दीको विद्युत् किन्न भारत सकारात्मक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ५ आइतबार ०९:२५:००

माथिल्लो तामाकोसी,  मर्स्याङ्दीलगायत विद्युत् आयोजनाको बिजुली किन्न भारत सकारात्मक देखिएको छ । नेपाल र भारतका ऊर्जासचिवबीच द्विपक्षीय ऊर्जा सहकार्य वृद्धि गर्नेबारे भएको छलफलमा भारत त्यस विषयमा सकारात्मक देखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा सोमबार भारत गएको तीन सदस्यीय टोलीले भारतीय ऊर्जासचिव आलोक कुमारबीच द्विपक्षीय छलफल गरेको थियो । ‘नेपाली टोलीले माथिल्लो तामाकोसी, मस्र्याङ्दीलगायत आयोजनाको विद्युत्लाई पनि बजार पहुँच दिन आग्रह गरेको थियो, भारतीय पक्षले सकारात्मक रहेको उत्तर दिएको छ,’ भ्रमण टोलीका सदस्यसमेत रहेका घिसिङले बताए । 

एजेन्डामा आधारित औपचारिक छलफल नभई शिष्टाचार भेटघाट भएकाले ऊर्जा सहकार्य वृद्धि गर्ने विषयमा नेपालका चासोहरू राखिएको सचिव कार्कीले बताए । ‘नेपाल–भारत संयुक्त सञ्चालक समितिको (ज्वाइन्ट स्टेरिङ कमिटी)को नवौँ बैठक चाँडै गर्र्ने विषयमा छलफल भएको र त्यसका लागि आमन्त्रण गरिएको छ,’ उनले भने । 

त्यस विषयमा भारतीय पक्षले सकारात्मक उत्तर दिएको छ । अबको बैठक कोभिड मापदण्डमा रही भौतिक रूपमा नै गर्ने तयारी छ । नेपाल–भारत संयुक्त सञ्चालक समितिको आउँदो बैठक चितवनको सौराहामा हुने तय भइसकेको छ । तर, अझै मिति भने निश्चित भइसकेको छैन । त्यसअघि विभिन्न तहमा रहेका प्राविधिक समितिहरूका बैठक सुरु हुनेछन् । त्यसपछि मात्र संयुक्त सञ्चालक समितिको मिति तयार गरिनेछ । सचिव कार्कीका अनुसार २०२१ को डिसेम्बर वा २०२२ को जनावरीसम्ममा बैठक हुने सम्भावना छ । 

विशेष गरी नेपाल–भारतबीच प्रसारण लाइन निर्माणको विषयमा छलफल भएको उनको भनाइ छ । बुटवल–गोरखपुर प्रसारण लाइन, उत्तर प्रदेश जोड्ने नौतनुवा प्रसारण लाइन, यसबाहेक दुई देशबीच थप विद्युत् प्रसारण लाइनको संरचना निर्माण गर्नुपर्ने आवश्यकतामा नेपाली टोलीले जोड दिएको थियो ।