१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर ४ शनिबार १६:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश अधिवेशन : दैलेखका दुई स्थानमा पौडेल र एक स्थानमा देउवा पक्ष विजयी

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ४ शनिबार १६:२१:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दैलेखका चारैवटा प्रदेश सभाको निर्वाचन सकिएको छ। निर्वाचन क्षेत्र नं. १ को (क) र (ख) दुवैमा रामचन्द्र पौडेल समूहको प्यानलै विजयी भएको छ भने निर्वाचन क्षेत्र नं. २ को (ख) मा देउवा पक्षको प्यानलै विजयी भएको छ।

निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क)मा बखत सापकोटाले १९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी निराजन खत्रीले १७० मत प्राप्त गरेका छन्। यो निर्वाचन क्षेत्रअन्तर्गत भगवती माई गाउँपालिका, गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिका पर्छन्।

त्यस्तै, निर्वाचन क्षेत्र नं १ को (ख) अन्तर्गत पौडेल पक्षका भदे बुढामगर ३१७ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी देउवा पक्षका रामकृष्ण गुरुङले ११८ मत प्राप्त गरेका छन्। बुढामगरको प्यानलै विजयी भएको नेपाली कांग्रेस दैलेखका सभापति कृष्णकुमार वि.सीले जानकारी दिए। निर्वाचन क्षेत्र नं. १ को (क)अन्तर्गत दैलेखको नारायण नगरपालिका, महावु गाउँपालिका र नौमुले गाउँपालिका पर्दछ। अध्यक्ष बुढामगर नौमुले गाउँपालिकाका अध्यक्ष हुन्।
 
दैलेखको निर्वाचन क्षेत्र नं. २ (क) बाट टंक रिमाल प्रदेश सभापतिमा निर्वाचित भएका छन्। उनीसहित विजयी प्यानल देउवा पक्षका हुन्। रिमालले २०८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी धर्मनाथ योगीले ९९ मत प्राप्त गरेका थिए। क्षेत्र नं. २ (ख)अन्तर्गत शुक्रबार नै मतदान सकिएको थियो। सामान्य विवाद भएपछि मतगणना रोकिए पनि सहमतिपश्चात् शनिबार दिउँसोदेखि पुनः मतगणना सुरु गरिएको थियो।