१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर ४ शनिबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको 'टाङमुनि छिरेर बस्ने' की सन्न्यास लिने भन्ने भएपछि नयाँ पार्टी गठन : नेपाल

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ४ शनिबार १३:५७:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीमा ढोका बन्द गरेकाले नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राष्ट्रिय भेलाको अन्तिम दिन शनिबार अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

राजनीतिबाट सन्न्यास लिने या ओलीसामु आत्मसमर्पण गर्ने भन्ने अवस्था आएपछि बाध्य भएर नयाँ पार्टी खोलेको नेपालले बताए। 'हामीलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्न्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनि छिरेर बस्ने भन्ने भयो। हामीले त्यसलाई अस्वीकार गर्‍याैँ र बाध्य भएर नयाँ पार्टी गठन गर्‍याैँ,' उनले भने । 

एमालेले विद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउँदै हिँडेको भन्दै उनले अहिले आफ्नो पार्टीमा प्रवेश गर्ने क्रम चलेको दाबी गरे। नेपालले सरकारमा रहेका आफ्ना मन्त्रीले गलत काम गरे कारबाही गरेर फिर्ता बोलाइनेसमेत बताए ।