१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर ४ शनिबार ०७:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी लुम्बिनी प्रदेश : सदस्यता वितरणमा दाङ सबैभन्दा अगाडि 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ४ शनिबार ०७:१८:००

माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सदस्यता दाङबाट लिएका छन्। लुम्बिनी प्रदेशका पार्टीका  निर्वाचन समिति संयोजक रामशरण चौधरीका अनुसार सबैभन्दा बढी दाङमा र सबैभन्दा कम अर्घाखाँचीबाट सदस्यता लिएका  हुन् ।  दाङमा १९  हजार ६ सय ७३ जनाले सदस्यता लिएका छन्,भने अघाँखाँचीमा चार हजार तीनसय  ४४ जनाले  सदस्यता लिएका छन् । 

त्यस्तै बाँकेमा ११ हजार एकसय  ५२, बर्दियामा १४ हजार तीनसय  ६८, रोल्पामा १६ हजार सातसय  ८८, प्युठानमा ६  हजार चार सय  १४, पूर्वी रुकुममा ६ हजार तीनसय  ४०, कपिलवस्तुमा सात हजार ११, रुपन्देहीमा १० हजार चार सय  १४ जनाले पार्टी सदस्यता भरेका छन् । त्यस्तै, गुल्मीमा पाँच हजार नाै सय  २३, पाल्पामा चार हजार सातसय २४ र परासीमा पाँच हजार सातसय  ३७ जनाले पार्टी  सदस्यता लिएका छन् ।  

पार्टीले अहिले अनलाइन प्रणालीमा पार्टी सदस्यता ‘इन्ट्री’ गरेको छ । पछिल्लो समय नवीकरण तथा नयाँ सदस्यता थपिने क्रम  बढेको पार्टीका केन्द्रीय सदस्य  तथा  लुम्बिनी प्रदेशसचिव जगप्रसाद शर्माले बताए ।