Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार १६:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार अध्यक्ष श्रेष्ठद्वारा राजीनामाका लागि प्रधानन्यायाधीशलाई भोलिसम्मको अल्टिमेटम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार १६:४१:००

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामाका लागि भोलिसम्मको अल्टिमेटम दिएका छन्। आज पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले भोलिसम्म राजीनामा नआए सशक्त आन्दोलनको मोडालिटी तयार भइसकेको बताए

‘३ मंसिरसम्ममा पनि राजीनामा नदिए सशक्त आन्दोलनको मोडालिटी तयार भइसकेको छ,’ उनले भने, ‘बिचौलिया छन् भन्ने थाहा पाएरै हामीले प्रधानन्यायाधीशलाई पहिलो दिनबाटै गोलाप्रथा तोक्न भनेका थियौँ ।’

नागरिकले फैसलाको कागज मात्र नभई न्याय मागेको भन्दै उनले सही न्याय पाउन केही समय धैर्य गर्न सेवाग्राहीलाई आग्रह गरे। गोलाप्रथा प्रणाली आफूहरूको पनि माग भएको भन्दै उनले न्यायाधीशहरूले गरेको यससम्बन्धी निर्णयबारे अध्ययनपछि मात्र धारणा सार्वजनिक गर्ने बताए।

‘सेवाग्राहीलाई सेवा पाउन सकस भएको छ। तर, फैसलाको कागज मात्रै चाहेका हुन् सेवाग्राहीले ? सही न्याय पाउन केही समय धैर्य गर्नुहोस्,’ अध्यक्ष श्रेष्ठले भने, ‘गोलाप्रथा प्रणाली हाम्रो माग हो। न्यायाधीशहरूले निर्णय गरेका हुन्। बार आन्दोलनको मर्मविपरीत न्यायाधीशहरूले निर्णय गरे त्यसलाई मान्दैनौँ । गोलाप्रणालीबारे थप कुरा अध्ययनपछि बोल्छौँ ।’