उपचारका क्रममा शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ ।
अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि आजै उनकाे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा स्वर्गीय अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिनेको भिड लागेको छ ।
तस्बिर:अमुल थापा/नयाँ पत्रिका