मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार १२:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च बार अध्यक्ष शाक्य भन्छन्– यो आन्दोलन ट्रेलर मात्र हो, पूरा बल देखाउन बाँकी छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार १२:१६:००

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्ताउन लागेको घाम भएको टिप्पणी गरेका। नेपाल बार एसोसिएसनको धर्नापछिको विरोधसभामा बोल्दै शाक्यले जबरा केही दिनभित्र नै हट्ने बताएका हुन्।

शाक्यले बारको जारी आन्दोलन ट्रेलर मात्र रहेको भन्दै पूरा बल देखाउन बाँकी रहेको उल्लेख गरे। ‘प्रधानन्यायाधीश अस्ताउन लागेको घाम हो, आज हो कि भोलि हो । उनी प्रधानन्यायाधीश छैनन् भनेर हामीले भनिसकेका छौँ,’ उनले भने, ‘सम्पूर्ण बल देखाउन बाँकी छ। यो आन्दोलन ट्रेलर मात्रै हो। होसियार !’

कानुन व्यवसायी र न्यायाधीशहरूले बहिष्कार र तिरस्कार गरिसकेपछि पनि अदालतको नेतृत्व गर्छु भन्नु जबराको दिवास्वप्न भएको भन्दै उनले बारको आन्दोलन फिर्ता नहुने  बताए। उनले भने, ‘बारको बटमलाइन राजीनामा हो।बारसँगको छलफलमा तपाईंहरूको माग र मुद्दामा हामी सहमत छौँ भनेर न्यायाधीशहरूले भनिरहनुभएको छ। हामी गोलाप्रथाबाट तोकिएको मुद्दा हेर्छौँ, चोलेन्द्रले तोकेको कजलिस्ट हेर्दैनौँ, बेन्च सेयर गर्दैनौँ भनेर न्यायाधीशहरूले भन्नुभएको छ।’