१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ मङ्सिर १ बुधबार १८:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शशांक कोइरालाले भने– सभापतिमा उम्मेदवारी दिन्छु, बलियो उम्मेदवार मै हुँ

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ मङ्सिर १ बुधबार १८:२४:००

कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापति पदमा उम्मेदवारी दिने र जित्ने बलियो उम्मेदवार आफू नै भएको दाबी गरे । उनले सभापति पदमा उम्मेदवार बन्नका लागि सबैसँग कुराकानी भइरहेको समेत बताए । 

सबैलाई मिलाएर कांग्रेस निर्माण गरी जनताको आशा र भरोसाको पार्टी बनाउन आफू अग्रसर भएको उनको भनाइ छ । सभापतिका प्रत्यासीहरू धेरै देखिए पनि कोइरालाले सबैसँग आन्तरिक छलफल र गृहकार्य भइरहेकाले आफ्नो पक्षमा सबैको सहयोग रहनेमा ढुक्क रहेको बताए । 

पत्रकारहरूको जिज्ञासामा कोइरालाले चुनावअघिसम्म मात्रै पाँचदलीय गठबन्धन कायम रहनेसमेत दाबी गरे । आगामी चुनावमा कुनै पार्टीसँग तालमेल नहुने कोइरालाको भनाइ थियो । उनले भने, ‘पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र आगामी चुनावमा पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउँछ, तपाईंहरू ढुक्क रहनुहोस् ।’

कोइराला कार्यकर्ताहरूसँग भेटघाट गर्न संखुवासभा आएका हुन् । कोइरालासँगै संखुवासभा जिल्ला सभापति दीपक खड्का पनि आएका थिए ।