Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार १३:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीशद्वय रेग्मी र केसी इजलासमा, बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार १३:१४:००

सर्वोच्च अदालतमा आज मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र तेजबहादुर केसीको इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि  सुनुवाइ सुरु भएको हो।

नेपाल बार एसोसिएसनले साझा धारणा बनाउन सर्वोच्चका न्यायाधीशहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा न्यायाधीशद्वय रेग्मी र केसीसहित न्यायाधीशहरू बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल अनुपस्थित भएका थिए।

बारसँग हिजो भएको छलफलमा अनुपस्थितमध्येका दुई न्यायाधीशले आजदेखि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि सबै प्रकृतिका दुई सय ७९ मुद्दामा पेसी तोकेका छन्।