१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ३० मंगलबार १०:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीको धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ३० मंगलबार १०:४७:००

नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले सर्वोच्च परिसरमा आन्दोलन चर्काउँदै लगेको हाे । 

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेकोलगायतका गम्भीर आरोप लागेका छन् । 

प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयमा देखिएको समस्या समाधान हुने बारको निष्कर्ष छ । राजीनामा नदिए आन्दोलनलाई थप सशक्त बनाउने बारका पदाधिकारीहरूले बताएका छन् ।