१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७८ कार्तिक ३० मंगलबार ०९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कपिलवस्तुबाट विप्लव नेतृत्वको नेकपाका सेक्रेटरीसहित १६ बन्दकर्ता पक्राउ

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७८ कार्तिक ३० मंगलबार ०९:४५:००

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द गराउन हिँडेका विप्लव नेतृत्वको नेकपाका १६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सेक्रेटरी कमल केसीसहित १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।  

प्रहरी नायव उपरीक्षक डिएसपी धर्मराज भण्डारीका अनुसार कपिलवस्तुको वाणगंगाको ४ नम्बर बजार क्षेत्रबाट नाैजना, गोरुसिंगेबाट एक, विद्यार्थी जिल्ला इन्चार्ज विज्ञान क्षेत्री  र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू  पूर्व–पश्चिम राजमार्ग तथा बजारका चोकचोकमा बाक्लो मात्रामा परिचालित भएका छन् । प्रहरीले शान्ति सुरक्षाका लागि राजमार्गमा स्कर्टिङ गरी  रोकिएका सवारीसाधनहरूलाई गन्तव्यसम्म पुर्‍याएको छ ।