१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक ३० मंगलबार ०८:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावसम्मै गठबन्धन गर्ने सहमति जुटिसकेको छैन : डा. भट्टराई

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ३० मंगलबार ०८:४७:००

जनता समावजादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सत्तागठबन्धन चुनावसम्म लम्ब्याउने सहमित नभएको बताएका छन् । ‘सुज’ अभियानअन्तर्गत भीमसेन थापा गाउँपालिका बगुवा पुगेका भट्टराईले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।  

उनले सरकारमा रहेको पाँचदलीय गठबन्धन चुनावसम्म जाने विषयमा छलफल मात्रै भएको बताए । ‘केपी ओलीको प्रतिगमनविरुद्ध एकजुट भएका पाँच दलको गठबन्धन आगामी चुनावसम्म गठबन्धन भएहुन्थ्यो भन्ने धेरैको धारणा छ, तर अहिलेसम्म त्यस्तो कुनै सहमति भएको छैन,’ भट्टराईले भने, ‘चुनावमा गठबन्धन नभए पनि प्रतिगमनविरुद्ध भने गठबन्धन कायमै रहन्छ ।’ 

उनले न्यायपालिकाको समस्या उनीहरू आफैँले समाधान गर्नुपर्ने, तर समाधान नभए व्यवस्थापिकाले आवश्यक पहल लिन पनि सक्ने बताए । उनले भने, ‘न्यायालयमा अहिले देखिएको समस्या आफैँभित्रबाट हल भएन भने व्यवस्थापिकाले आवश्यक पहल गर्न सक्छ । त्यस्तोमा राजनीतिक दलहरू पनि सक्रिय हुनुपर्छ ।’