मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २९ सोमबार १४:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने हो : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २९ सोमबार १४:१९:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी छिन्। सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताइन्।

सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उनले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण हुने बताइन्।

‘भूकम्पले हाम्रा धेरै सम्पदाहरू ध्वस्त भएका थिए। यसको पुनर्निर्माणको प्रक्रियामा धेरै हामीले मंगलबजार दरबार स्क्वायरमा भीमसेन, कृष्णमन्दिरलगायतका धेरै पुनर्संरचना भए, बुङमती, रातो मच्छिन्द्रनाथको पुनर्निर्माण हुँदै छ, यही वर्ष नै खोकनामा रुद्रायणीको पुनर्निर्माण हुँदै छ,’ उनले भनिन्, ‘यसले हाम्रो आफ्नो संस्कृति सम्पदालाई भावी सन्ततीलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि हो। यो पुनर्निर्माण हुने प्रक्रियाले सयौँ, सयौँ वर्षसम्म रहनेछ।’