१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक २९ सोमबार १३:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : दैलेखबाट २३ प्रतिनिधि ‘सर्वसम्मत’, उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै बस्नेतको आपत्ति

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २९ सोमबार १३:४८:००

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि दैलेखबाट एमालेले सर्वसम्मत प्रतिनिधि चयन गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नम्बर १ बाट १० जना र क्षेत्र नम्बर २ बाट १३ जना गरी जम्मा २३ जना प्रतिनिधि चयन भएका हुन्। 

निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि छनोट हुनेमा खुलातर्फ रवीन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा र टोपबहादुर बिसी छन्। यस्तै, महिलाबाट मीनासिंह रखाल र सूर्यकुमारी श्रेष्ठ छन् भने दलितबाट अमर नेपाली र गोपाल नेपाली रहेका छन् ।

छानिएका सबै प्रतिनिधि सर्वसम्मत चयन भएको भनिए पनि दैलेखको भगवती माई र डुगेश्वर गाउँपालिकाबाट सदस्यता प्राप्त भएको आधारमा प्रतिनिधि चयन हुनुपर्नेमा आकांक्षीहरूलाईसमेत उम्मेदवारी दर्ता गर्न नदिएर एकलौटी निर्णय गरिएको एमालेका नेता नन्दकिशोर बस्नेतले जानकारी दिएका  छन् । उनले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा समेत पोस्ट गरेका छन्। अपारदर्शी निर्णय बदर गरेर तत्काल पुनः निर्वाचन हुनुपर्ने बस्नेतको माग छ।

‘हामीले सदस्य संख्याको आधारमा प्रतिनिधि मागेका थियौँ। तर, हामीलाई प्रतिनिधि छनाेटमा वञ्चित गरियो। हामीले विरोध गरेका छौँ। उम्मेदवारीसमेत दर्ता गर्न नदिनु अपानिविरुद्ध हो। सम्बन्धित स्थानमा निवेदन दिएका छौँ,’ बस्नेतले भने, ‘प्रदेश र केन्द्रले न्याय दिन्छ भन्ने आशामा छौँ,’ बस्नेतले भने। 

त्यस्तै दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि छनोटमा पर्नेहरूमा विनोदकुमार शाह, धीरबहादुर शाहि, सूर्यबहादुर शाही, सर्वराज महत्तारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, योगेन्द्रबहादुर शाही, लक्ष्मीदेवी शाह, विष्णु थापा, विना कार्की, हिक्मत विक, गौमता विक र दयाराम विक रहेका छन्। 

क्षेत्र नं. २ मा प्रतिनिधिका लागि ३३ जनाले उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारी दर्ता गराएका सबैले पुनः पार्टीका शीर्ष नेतृत्वमा पुगेका जिल्लाका नेताहरूले सर्वसम्मत रूपमा प्रतिनिधि छानेर नाम दिए आफूहरूलाई मान्य हुने भन्दै बैठकमै निर्णय गरेर शीर्ष नेताहरूलाई अधिकार दिएपछि शीर्ष नेताहरूले सर्वसम्मत रूपमा क्षेत्र नं. २ का प्रतिनिधिहरूको नाम टुंग्याएका हुन्।