मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १८ शनिबार २१:३७:००
Read Time : < 1 मिनेट
साहित्य

मीनराजको पिपिरी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १८ शनिबार २१:३७:००

मीनराज वसन्तको आख्यान ‘पिपिरी’ काठमाडौंको कुञ्ज थिएटरमा विमोचन गरिएको छ । कवि हाङयुग अज्ञात, लेखक तथा समालोचक सगुना शाह र आख्यानकार अमर न्यौपानेले संयुक्त रूपमा उपन्यास विमोचन गरेका हुन् । 
कवि हाङयुग अज्ञातले ‘पिपिरी’ बाल्यकाल स्मरण गराउने गज्जबको आख्यान भएको बताए । उनले भने, ‘एउटा बालकको आँखाबाट समाजको परिवेश, अँध्यारा पक्ष र अन्धविश्वासलाई देखाउन खोजिएकाले उपन्यास पठनयोग्य छ ।’ लेखक एवं समालोचक सगुना शाहले आफू सहरमा जन्मिए पनि ‘पिपिरी’ पढेपछि गाउँमा पुगेको अनुभूति भएको बताइन् । उनले भनिन्, ‘गाउँको जनजीवन बुझ्न मलाई सहज भयो ।’
आख्यानकार अमर न्यौपानेले समाजको परम्परा, अन्धविश्वास र बेथितिलाई आफ्नै आँखाले नियाल्ने बालकको कथा भएको बताए । उनले भने, ‘मीनराजले आख्यानमा आञ्चलिकता प्रयोग गरेको हुनाले कथा पढ्दा पाठकलाई निकै रोचक अनुभूति हुन्छ ।’ लेखक मीनराजले आफू गाउँमा जन्मिएर गरिबी र अप्ठेरा परिस्थिति झेल्दै हुर्किएकाले ‘पिपिरी’ त्यसैको उपज रहेको बताए ।
यसअघि मीनराजको ‘मुदिर’ बजारमा आएको थियो । ‘पिपिरी’लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।