१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २९ सोमबार ०६:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गरिमा विकास र सहारा विकास बैंकको एकीकृत कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २९ सोमबार ०६:२९:००

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडमा सर्लाहीमा केन्द्रीय कार्यालय रहेको साबिक सहारा विकास बैंक लिमिटेड प्राप्ति एकीकृत कारोबार सुरु भएको छ । गरिमा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । प्राप्तिपछि विकास बैंकको जारी तथा चुक्ता पुँजी तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ पुगेको जनाइएको छ । प्राप्तिपछि बैंकको शाखा र एक्सटेन्सन काउन्टर एक सय ११ पुगेको बैंकले जनाएको छ । 

बैंकले सेयरधनी, सेवाग्राही, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास दिएको जनाएको छ । सर्लाहीको मलंगवामा आयोजित एकीकृत कारोबार शुभारम्भ समारोहको प्रदेश २ का महिला बालबालिका एवं युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले उद्घाटन 
गरेका थिए ।