Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २८ आइतबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास विस्फोटका घाइतेको उपचार खर्च महानगरले व्यहोर्ने 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २८ आइतबार १७:१०:००

पाटन मंगलबजारमा आगलागीपछि भएको ग्यास विस्फोटमा परेर घाइते भएकाको उपचार खर्च ललितपुर महानगरपालिकाले व्यहोर्ने भएको छ। पीडितलाई उपचार खर्च जुटाउन कठिन भएकोले महानगरले उपचार खर्च व्यहार्ने निर्णय गरेको हो। 

गत शुक्रबार लक्ष्मीपूजाको दिन सिलिन्डर विस्फोट हुँदा पाटन मंगलबजारमा एकै परिवारका चारजनाको मृत्यु भएको थियो। विस्फोटमा दुईजना घाइते भएका थिए। घाइतेमध्ये एकजना निको भएका छन् भने अर्का एकजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। पीडित परिवारलाई उपचार खर्च जुटाउन कठिन परेकोले उपचार खर्च महानगरले व्यर्होने निर्णय गरेको महानगरका मेयर चिरिबावु महर्जनले जानकारी दिए।

आगलागीमा घर जलेर पूर्ण क्षति भएकोले पीडितको बासको लागि ताम्रकार समाजले राहत रकम संकलन अभियान थालेको छ।