१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १८ शनिबार १८:१०:००
Read Time : < 1 मिनेट
समाचार

सडक दुर्घटना न्यूनीकरणमा ध्यान दिन प्रचण्डको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १८ शनिबार १८:१०:००

नेपालका पहाडी भू–भागहरुमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनीकरण गर्न ध्यान दिन सम्बन्धित पक्षलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् । 
दार्चुलाको तिंकर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा दुर्घटनामा मृत्यु भएपछि परिवारलाई समवेदना दिँदै उनले यस्तो बताएका हुन् । 

राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको थियो । उनले समवेदना पत्रमा दुर्घटनामा परी निधन भएकाको परिवारजनलाई उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने र सडकको अवस्था बिचार नै नगरी यातायात सञ्चालनको अनुमति दिँदा यसप्रकारको दुर्घटना भइरहेकोप्रति उनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । साथै उनले देशैभरीका सडकहरुको स्तरोन्नती गरी सुरक्षित सडकको रुपमा विकास गर्न सरकारसँग आग्रह गरेका छन् ।