१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक २६ शुक्रबार १७:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको १०औँ महाधिवेशनका लागि दोलखाबाट सबै प्रतिनिधि सर्वसम्मत 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २६ शुक्रबार १७:१४:००

नेकपा एमालेको दशौँ महाधिवेशनका लागि दोलखाबाट सबै प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्। महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार चरिकोटमा कार्यकर्ता भेला आयोजना गरेको अघिल्लो दिन नै सबै महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत  चयन भएका हुन् । नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेललका अनुसार आकांक्षी उम्मेदवारहरूको सहमतिमा सबै प्रतिनिधि निर्विरोध सर्वसम्मत ढंगले चयन गरिएको हो।

 सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ ईश्वरचन्द्र पोखरेल, डबल पाण्डे, भरतप्रसाद दुलाल, कृष्ण भुजेल र हर्क पाख्रिन छन्। त्यस्तै, दलिततर्फ सुन्दर लामिछाने र टेकबहादुर घतानी रहेको निर्वाचन समितिले जनाएको छ। भूगोलतर्फबाट बालकृष्ण सिवाकोटी, भरतबहादुर केसी, नरबहादुर श्रेष्ठ, जिबस खड्का, हेमन्त चौँलागाईं, मित्र जिरेल, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा चयन भएका छन्। 

महिला प्रतिनिधितर्फ शान्ति पाख्रिन, कालिका पाठक, गायत्री आचार्य, शान्तिकुमारी तामाङ, कमला बस्नेत, उर्मिला थामी र  गोमा केसी चयन भएको अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए। अध्यक्ष पोखरेलका अनुसार शनिबार सर्वसम्मत निर्वाचित भएका सबै महाधिवेशन प्रतिनिधिहरूलाई निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्ने र अन्य औपचारिक कार्यक्रम नहुने जनाएका छन्। दोलखा एमालेमा १५ हजार ५ सय २३ जना संगठित सदस्य छन्। संगठित सदस्य संख्याको आधारमा २३ जना महाधिवेशन प्रतिनिधिका लागि ६९ जनाको मनोनयन दर्ता भएको भए पनि सर्वसम्मत छनोट भएको अध्यक्ष पोखरेलले जानकारी दिए।