१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २६ शुक्रबार १६:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा सुनुवाइ शून्य : बन्दी प्रत्यक्षीकरणको मुद्दामा पनि सुनुवाइ भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार १६:१९:oo

सर्वोच्च अदालतमा आज शुक्रबारका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ रोकिएको छ। आजका लागि पेसी तोकिएका दुई सय २३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्चले जनाएको छ। शुक्रबार न्यायाधीशको इजलास बहिष्कार र कानुन व्यवसायीले बहस बहिष्कार गरेपछि सबै मुद्दाको सुनुवाइ रोकिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि सबै प्रकृतिका मुद्दाको पेसी तोकेका थिए। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका थिए।  उनले आफ्ना लागि भने कुनै इजलास तोकेका थिएनन्।