Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ कार्तिक २५ बिहीबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्विटजरल्यान्डले दियो नेपाललाई एक लाख ४४ हजार डोज एस्ट्राजेनेका खोप

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २५ बिहीबार १५:१७:००

स्विटजरल्यान्डले नेपाललाई एक लाख ४४ हजार डोज कोभिड– १९ विरुद्धको एस्ट्राजेनेकाका खोप उपलब्ध गराएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि स्विस राजदूत एलिजाबेथ भन क्याप्लरले मन्त्रालयका सचिव रोशन पोखरेललाई एक लाख ४४ हजार डोज एस्ट्राजेनेका खोप हस्तान्तरण गरेकी हुन्। स्विटजरल्यान्डले कोभ्याक्स सुविधाका माध्यमबाट सो खोप सहयोग गरेको हो। 

क्याप्लरले नेपाल र स्विटजरल्यान्डको ६२ वर्ष लामो मित्रताको निरन्तरतास्वरूप खोप सहयोग गरेको बताएकी छिन्। 

स्विटजरल्यान्डले अप्रिल २०२० देखि नेपाललाई पिसिआर परीक्षण किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ। स्विटजरल्यान्डले हालसम्म कोभिड– १९ नियन्त्रणका लागि नेपालमा २० मिलियन अमेरिकी डलर विनियोजन गरेको स्विस राजदूतावासले बताएको छ।