मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक २५ बिहीबार ०७:०१:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

लखनउमा नेपाली कलाकारको प्रदर्शनी

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २५ बिहीबार ०७:०१:००

 भारतको लखनउमा नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने कलाकृतिको चारदिने प्रदर्शनी सुरु भएको छ । लखनउ अलिगन्जस्थित कलास्रोत आर्ट ग्यालरीमा मंगलबारदेखि आठजना नेपाली कलाकारको कला प्रदर्शनी सुरु भएको हो ।

‘माउन्टेन स्याडो’ शीर्षकमा भएको उक्त प्रदर्शनीको भारतका प्रसिद्ध कलाकार प्रा.जयकृष्ण अग्रवालले उद्घाटन गरेका छन् । सो क्रममा उनले नेपाल–भारतबीचको सम्बन्धलाई कला र संस्कृतिले जोडेको बताए । उनले नेपाली कलामा मौलिक परम्परासँगै सामाजिक सांस्कृतिक विषय रहेको बताए । नेपालबाट कलाकार केशवराज खनालको उक्त प्रदर्शनीको संयोजन गरेका थिए । उनले कोरोना कहरपछि नेपाली कलाकारको पहिलोपटक भारतमा सामूहिक कला प्रदर्शनी भएको जनाए । 

प्रदर्शनीमा नेपालका कलाकार केशवराज खनाल, देवेन्द्र थुम्केली, कृष्णगोपाल श्रेष्ठ, चन्द्रश्याम डंगोल, रवीन्द्र मानन्धर, रवि मिश्र, मनोज तामाङ योञ्जन र रिक गुरुङका कलाकृति छन् । प्रदर्शनीको भारततर्फ संयोजन गरेका भारतीय कलाकार अमित कुमारले नेपाल र भारतका कलाकारलाई प्रदर्शनीले नजिक ल्याउन सफल भएको धारणा राखे ।