मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक २२ सोमबार १८:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीबारे झुट नबोल्न देउवा र प्रचण्डलाई ओलीकाे चेतावनी (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २२ सोमबार १८:००:००

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमसिसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् । एमसिसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुट भएको उल्लेख गर्दै ओलीले झुट बोल्ने काम नगर्न सचेत गराए ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा ओलीले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुइटामध्ये एउटाले झुट बोल्या जस्तो देखिएन ? त्यस्तो झुट बोल्नुहुँदैन ।’

ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहले राजीनामा दिनुपर्ने अडान दोहो¥याए । उनले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधिशहरूले संविधानको पालना नगरेको आरोपसमेत लगाए । 

उनले भने, ‘राजीनामा दिनुपर्ने खालको सबै हुनुहुन्छ । उहाँहरू कसैले पनि अदालतको मर्यादा बचाउनुभएको छैन । संविधानको पालना कसैले गर्नुभएको छैन । संविधानको व्याख्यातासम्म हो अदालत । संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होइन । संविधानको व्याख्यासम्म गर्ने हो । व्याख्या मात्रै गरेन उसले आफैँ संविधानको अनेक धाराहरू सिर्जना गर्याे ।’