Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ कार्तिक २२ सोमबार १६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अब देउवा र पौडेलको भरमा कांग्रेस चल्दैन, मिसन र भिजन मसँग छ : नेता सिंह

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २२ सोमबार १६:५३:००

 नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन्। सिन्धुलीकाे मलामाईमा आयोजित कार्यक्रममा बोल्दै सिंहले कांग्रेसमा नेतृत्व परिवर्तनको विकल्प नरहेको बताएका हुन्।

उनले कांग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन। 'अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन', उनले भने, ‘बेथितिबाट कांग्रेस र देश चल्दैन। पदको लोभ नगर्नुहोस्, पैसाको क्षणिक लाभ नहेर्नुहोस्। भविष्य हेर्नुहोस्। छोरा, नाति,पनातिको भविष्य हेर्नुहोस्। राम्रो नेता चुनेर पठाउनुहोस्। का|ग्रेस बचाउनुहोस्।’

नेता सिंहले कांग्रेसमा नेतृत्व परिवर्तनका लागि आफू मिसन र भिजनका साथ प्रस्तुत भएको बताए। उनले आफूसँग कांग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरु रहेको समेत दाबि गरे। उनले नेपाली कांग्रेसको नेतृत्वमा महत्वपूर्ण ऐतिहासिक कार्यहरु भएको बताउदै देशलाई समृद्ध बनाउने भूमिका पनि काँग्रेसले निभाउने धारणा राखे।

उनले विगतमा कम्युनिस्टहरुले नसकेपछि कांग्रेस नेतृत्वको सरकारको पालामा संविधान जारी भएको बताए।