मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १७ बुधबार १४:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको पक्षमा दायर रिट संवैधानिक इजलासमा पठाउने जबराको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १७ बुधबार १४:०४:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीशलाई अलग गराउन नमिल्ने भन्दै परेको रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका छन्। 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार अधिवक्ताहरू गणेश रेग्मी र दीपकविक्रम मिश्रले दायर गरेको रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो। संवैधानिक इजलास सञ्चालन नियमावलीको व्यवस्थाअनुसार प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइका लागि संवैधानिक इजलास तोकेको प्रवक्ता दाहालले जानकारी दिए।

रिट निवेदक मिश्रले मंगलबार रिटलको सुनुवाइ संवैधानिक इजलासमा तोक्न माग गर्दै पूरक निवेदश पेस गरेका थिए। मिश्रको निवेदनपछि जबराले संवैधानिक इजलास तोक्ने निर्णय गरेका हुन्। प्रधानन्यायाधीश जबराले आफूसमेत विपक्षी बनाइएको संवैधानिक नियुक्तिविरुद्धको रिटको सुनुवाइबाट आफू अलग हुने बताएपछि रेग्मी र मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए।  

रेग्मी र मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालको एकल इजलासले भदौ १७ मा इजलास रोक्ने आदेश गरेको थियो। आदेशपछि मुद्दाको सुनुवाइ रोकिएको छ।